काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले यो व्यवस्था कसले उल्ट्याउन खोजेको हो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्नु भएको छ ।
आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उहाँले नयाँ वर्षको दिन पार्टी कार्यालयमा यो व्यवस्था संकटमा पर्यो, यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको भन्दै प्रधानमन्त्री प्रश्न गर्नुभएको हो ।
वैशाख १ गते नयाँ वर्षको अवसरमा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहाले यो व्यवस्था संकटमा परेको र अहिलेको व्यवस्था उल्ट्याउन खोजिएको अभिव्यक्ति दिनुभएको थियो ।
संसद चलिरहेका बेला प्रधानमन्त्रीले यस्ता विषय संसदमा जानकारी गराउनुपर्ने सांसद गैरेको भनाइ थियो ।
प्रतिक्रिया