काठमाडौं । काठमाडौं उपत्यका विश्वमै सबैभन्दा बढी वायु प्रदूषण हुने शहरमा परेको छ ।
वायु प्रदूषण मापन गर्ने संस्था आईक्यु एअरका अनुसार विश्वका एक सय एक वटा शहरमा गरिएको पछिल्लो वायु प्रदूषणको मापनमा काठमाडौं उपत्यका विश्वमै सबैभन्दा बढी वायु प्रदूषण हुने शहरमा परेकोहो ।
शनिबार साँझ काठमाडौंको एक्युआई सुचकांक २०२ रहेको थियो । वायु प्रदूषणका हिसाबले काठमाडौंपछि भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ भने थाइल्यान्डको चियाङमाई तेस्रो स्थानमा रहेको छ ।
सबैभन्दा बढी जनघनत्व रहेको बंगलादेशको राजधानी ढाका पाँचौं स्थानमा परेको छ । काठमाडौंको वायु प्रदूषणको अवस्था मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक चरणमा पुगेको पनि आइक्यु एअरको भनाइ छ ।
काठमाडौंमा वायु प्रदूषणको मूख्य कारकमा धुलो देखिएको छ भने नयाँ दिल्लीमा सवारी साधनले फाल्ने धुवाँ कारक देखिएको छ ।
उपत्यकाको वायु प्रदूषणको अहिलेको अवस्थाले बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामीलाई समस्यामा पार्ने पनि बताइएको छ ।
प्रतिक्रिया