देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोरखा–जितगढी पदयात्रा : सेनाको टोली पाल्पा पुग्यो

देशान्तर

गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली पाल्पा पुगेको छ । गोरखाबाट गत चैत २९ गते निस्केको सो टोली तनहुँ, स्याङ्जा हुँदै पाल्पाको रामपुर पुगेकोे हो ।

तत्कालीन नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको बुटवलको जितगढी किल्लासम्म पुग्ने उद्देश्यले सो टोली गोरखाबाट पाल्पा हुँदै बुटवलको जितगढी हिँडेको हो । रामपुर नगरपालिकाको आयोजनामा टोलीलाई भव्य स्वागत तथा शुभकामना समेत दिइएको छ ।

तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटो हुँदै उक्त टोली पैदल बुटवल पुग्ने लागेको छ। एकीकरण मार्ग, ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरण अभियानको संरक्षण भावी पुस्तामा हस्तान्तरण गर्ने, राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

ऐतिहासिक महत्व बोकेका किल्ला, गढी, युद्धस्थल, पदमार्गलगायत धरोधरको संरक्षण प्रवद्र्धन गर्नका लागि प्रथमपटक ऐतिहासिक गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा जितगढी (रुपन्देही) पदयात्रा कार्यक्रम तय गरिएको महेन्द्र दल गणका गणपति बालमुकुन्द विष्टले बताउनु भयो । नेपाल एकीकरण अभियानको उद्गस्थल गोरखा दरबारबाट काठमाडौँतर्फ पदयात्रा विगत पाँच वर्षदेखि सञ्चालन भई रहेको छ ।

त्यस्तै अर्को ऐतिहासिक कार्यको थालनीको रूपमा गोरखाबाट सुरु भएको प्रथम ऐतिहासिक गोरखा जितगढी एकीकरण पदयात्रा सुरु गरिएको सहायक रथी ललिबहादुर कुँवरले जानकारि दिनुभयो । गोरखाबाट जितगढी पुग्ने ५५ जनाको टोली रहेका छन् । रहेक जिल्ला–जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको छ ।