काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि पार्टीलाई बुझाउन भनेर गरेको दुई करोडको डिल काण्ड पार्टीले आफैं गरेको निलम्बन र छानबिनबाट पुष्टि भएपछि श्रेष्ठलाई पार्टीले निष्काशन ग¥यो । उनको सांसद पद भने औपचारिक रूपमा गुमेको छैन । यसका प्रक्रिया पु¥याउन बाँकी नै छ । श्रेष्ठ कारबाहीमा पर्दा उनले (रास्वपा) मा कोर टिम रहेको त्यस्ले नै आर्थिक डिल गर्ने गरेको बताएका थिए । सभापति रवि लामिछानेले ‘कोर टिम’लाई पनि कारबाही हुने बताएका त छन् कोर टिममा कोको छन् खुलाएका छैनन् ।
वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका लामिछानेले अहिले चुनावी प्रचारप्रसारमा छन् । उनले आफूलाई र आफ्नो पार्टीलाई हराउने शृंखलाबद्ध अभियान चलेको र त्यही अन्तर्गत अडियो सार्वजनिक भएको जिकिर गरेका छन् ।
पत्रकार हुँदा विधि र पद्धतिको वकालत गरेका रवि राजनीतिमा प्रवेश गरेपछि भने विवादै विवादमा मुछिए । नागरिकता विवाद, राहदानी विवाद, विवादित व्यक्तिलाई श्रम तथा रोजगार मन्त्रीका रूपमा पठाएको विवाद, यस्ता थुप्रै विवादका बीच अहिले २ करोडको विवादले उनको र उनको पार्टीको आलोचना भइरहेको छ । उनले हिजो पत्रकार हुँदा टेलिभिजनको पर्दामा गैरसांसद मन्त्री बन्ने भन्दै चोर औंला उठाउँदै प्रश्न तेस्र्याएका थिए । नागरिकता विवाद पछि उनको मन्त्री र सांसद पद गएपछि गैरसांसदका रूपमा पुनः गृहमन्त्री बन्ने लामो प्रयास गरे तर सफल भएनन् । फरक धारको राजनीति खोजिरहेका जनताले पार्टी स्थापनाको ६ महिनामै जनताले उनलाई पत्याएर सबैभन्दा धेरै मत दिएर जिताएका थिए आम निर्वाचनमा ।
अहिले उनकै गल्तीका कारण हुन लागेको उपनिर्वाचनका बेला आएको श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रूपमा प्रयोग गर्न खोजिएको रविको भनाइ छ । लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भएभरको शक्ति लगाइँदै छ ।’
अहिले रविको ओज पहिलेभन्दा बिस्तारै घट्दै गएको छ । रविले आफू नथाकेको तर हैरान भएको बताएका छन् । श्रेष्ठको काण्डपछि उनी हैरान भएका हुन् । पार्टीले श्रेष्ठलाई कारबाही गरेर राम्रो निर्णय गरेको हो भन्न कन्जुस्याइँ गर्नु हुँदैन । बिनाआग्रह पूर्वाग्रह रविको यो निर्णयको तारिफ गर्नुपर्छ । तर शंकाको घेराबाट बाहिर छैनन् रवि र किनकि त्यो कोर टिम जनताले खोजिरहेका छन् । श्रेष्ठले पनि कोर टिमका बारे कुनै बेला बोल्लान् केहीलाई पोल्लान् पनि ।
यो प्रकरणलाई रविले षड्यन्त्र र तत्कालको चुनावी हथकण्डाका रूपमा मात्र बुझेका हुन् भने यो गलत हुनेछ । यो उनी र उनको पार्टीविरुद्ध लक्षित त पक्कै छ । तर फगत यो चुनावी फन्डा मात्र हैन । रास्वपाभित्रका रहस्यमयी अनुहार बिस्तारै खुल्दै जानेछन् ।
रवि राजनीतिमा कच्चा खेलाडी हुन् भन्ने यो घटनाबाट प्रष्ट हुन्छ । यो अडियो नेकपा एमालेका अध्यक्ष तत्कालीन उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोज समेत रहेका केपी शर्मा ओलीको मोबाइलमा पहिले नै पु¥याइसकेको दुर्गा प्रसाईंले खुलाएका छन् । यस्को गम्भीर अर्थ छ ।
तत्कालीन गठबन्धन हाइज्याक गरेर बार्दली गठबन्धन बनाएर प्रचण्डलाई प्रधानमन्त्री र रविलाई गृहमन्त्री बनाउन भूमिका खेलेका ओलीको हातमा किन पराइएको थियो ? रविले त्यस पाटोको विश्लेषण नगरी चुनावमा हराउन मात्र अडियो सार्वजनिक गरिएको भन्नु राजनीतिका कच्चा खेलाडीले भन्ने कुरा मात्र हो ।
तत्कालीन गठबन्धन कायम रहेको भए रवि यही अडियोका कारण पपेड गृहमन्त्री हुन्थे । तत्कालीन गठबन्धनको नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा ओलीले कुर्सीमार्फत आफूलाई डिफ्याक्टो प्रधानमन्त्रीको सन्देश दिइसकेका थिए । राष्ट्रपति निर्वाचनमा आफू अनुकूल राष्ट्रपति निर्वाचित गरिसकेपछि सबैतिरको पावर सेन्टर आफैं बन्नेमा ओली ढुक्क थिए । सबै आफू अनुकूल भएपछि प्रधानमन्त्री प्रचण्डलाई प्रचण्ड दबाबमा राख्ने रविलाई अडियो उनकै घाँटीमाथिको तरबार बनाएर महत्वाकांक्षा सँगै खेल्दै उनलाई र पार्टीलाई सिध्याउने बलियो अस्त्र थियो यो अडियो ।
तर समयअगावै नागरिकता प्रकरण पछि रविको सबै पद गयो । यो अडियो तत्कालका लागि काम लागेन । उनी ६ महिनाका लागि गैर सांसदका रूपमा भए पनि गृहमै जान रुवाबासी गरे । ओलीले पनि रविलाई गृहमै फर्काउन जोडबल गरिरहे । कारण थियो रविको उकालो यात्रालाई गल्र्यामगुर्लुम ढाल्न सकिने अडियो ।
पदमै बसेकै बेला प्रमाणसहित गुल्ट्याउदा महराको नूर गिर्न पुगेको इतिहास छ । ओलीको दरोसाथ पाएको भनेर मक्ख परिरहेका बिचरा लामिछाने । उनी आफंैमा खराब नहुन सक्छन् । देश बनाउने हुटहुटीले उनी गैर सांसदका रूपमा गृहमै रहेर चुनाव जितेर त्यही पदमै रहन चाहन्थे त्यो आत्मविश्वास थियो उनमा सायद ।
अहिले चुनावी सभा गर्दै हिँडेका बेला एकको बदला तीन जना जिताउँछु भनेर अति आत्मविश्वासी भएर हिँडेका बेला अडियो बाहिरिँदा रविमा हैरानी र बेचैनी बढ्नु स्वाभाविक हो । उनी पदमा भएको बेला अडियो आएको भए रविको बेचैनीको ग्राफ झै उकालो लाग्ने थियो । सर्वोच्च अदालतको त्यतिबेलाको फैसला र समयलाई उन्ले धन्यवाद दिनुपर्छ । किनकि उनी र उन्को पार्टी तासको घर बन्नबाट जोगिएको छ ।
यदि तत्कालीन गठबन्धन कायम रहेको भए रवि गृहमन्त्री भइराखेको भए ओलीअनुसार नचलेको भए प्रसाईंले उनकै शब्दमा उनको हजुरबुवालाई फरवार्ड गरेको यो अडियो सार्वजनिक हुन्थ्यो नै । अनि भ्रष्टाचारको फाइल खोल्छु मेरा सांसदले एक रुपैयाँको भ्रष्टाचार गरे वा खराब आचरण देखाए भने म झुन्डिन तयार छु भन्ने रविले पार्टी सभापतिको हैसियतले श्रेष्ठलाई पार्टीबाट र प्रतिनिधिसभा सदस्य पदबाट हटाउनै पथ्र्यो । अनि आफंै गृहमन्त्री भएकोले कानुनी उपचारबाट श्रेष्ठलाई आफ्नै मातहतका निकायबाट कारबाही गराउनु पथ्र्यो ।
यति गरिसकेपछि उच्च नैतिकताको आधारमा गृहमन्त्री पदबाट राजीनामा दिनु पथ्र्योे । नदिए मागिन्थ्यो नटेरे बर्खास्त गरिन्थ्यो । त्यसपछि पार्टीको ओरालो यात्रा र रविको लोकप्रियता खस्किँदै गएको बेलामा अदालतले त्यो समयमा नागरिकता प्रकरणमा दिएको आदेश यो समयमा आएको भए रवि उठ्नै नसक्ने गरी सडकमा पछारिएका हुन्थे अहिले । धन्न आदेश पहिले र अडियो अहिले आयो । नत्र नयाँ भन्नेहरू प्रति जनताको तीव्र घृणाबाहेक केही बचेको हुन्थेन वैशाख १० सम्म ।
अझै पनि रविका केही भनाइहरू यस्ता छन् कि उनी कानुनी राज्यका पक्षमा छन् कि निरंकुश अधिनायकवादी राज्यको पक्षमा छुट्ट्याउन गाह्रो हुन्छ । नेपालमा न मृत्युुदण्डको व्यवस्था छ न छक्का पञ्जा ४ सिनेमामा देखाइएको जस्तो कानुन हातमा लिएर कुट्ने छुट । उनी कुन बाटो हिँडन खोजेका हुन् अलमलमा परेका जस्ता छन् । पाँच वर्ष पछि सरकार बनाउँछु भनेर दाबी गर्ने रवि र उनको नेतृत्वको पार्टी प्रमुख पार्टी बन्यो भने उनी कुन बाटो हिँड्छन प्रस्ट पार्न पनि जरुरी छ । निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो जनमत सधैं आफू अनुकूल नहुन पनि सक्छ ।
प्रतिक्रिया