काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनको शपथ भोलि दिउँसो ३ बजेका लागि तय भएको छ ।उपनिर्वाचन पछिमात्र सरकार विस्तार गर्ने भने पनि साउद त्यसअघि नै परराष्ट्रमन्त्री बन्ने छन् ।
सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । थप एउटा मन्त्रालय लिएर भागवण्डा मिलाउने प्रयास भइरहेपनि कांग्रेसले बाँकी मन्त्रीको नाम एकै पटक पठाउन भने सकेनकाे छैन ।आन्तरिक भागवण्डा नमिलेका कारण यसअघि कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो ।
काग्रेसमा संस्थापन र इतर पक्षबीच मन्त्री चयन गर्ने विषयमा विवाद हुँदा प्रचण्ड नेतृत्वकाे सरकार समेत अप्ठयाराेमा परेकाे छ । विवादले गर्दा कांग्रेसले एकै पटक मन्त्री बन्नेकाे नाम पठाउन नसक्दा सरकार पनि किस्ता किस्तामा विस्तारै हुँदै जाने पक्का छ ।
प्रतिक्रिया