देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभ्यास खेलमा ओमानमाथि नेपालको सानदार जित

देशान्तर

काठमाडौं – नेपालले उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिँदै अभ्यास खेलमा ओमानमाथि ५ विकेटको सानदार जित हात पारेको छ । एसिसी प्रिमियर कपअघि नेपाल र ओमानले अभ्यास खेल खेलेका हुन् ।

जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे ।

नेपालले ओपनरमा देव खनाल र अर्जुन साउदलाई पठाएको थियो । देव खनाल दुई रन जोड्नेक्रममा पाँचौं ओभरको पाँचौं बलमा १० रनमा रन आउट भएका थिए । ११ औं ओभरको पाँचौं बलमा ज्ञानेन्द्र मल्ल २ चौका र १ छक्कासहित १५ रनमा आउट भए ।

उनी तीव्र गतिका बलर फयाज बटको बलमा एज लागेर विकेटकिपरबाट क्याच आउट भएका थिए ।त्यसअघि टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो ।

ओमानका युवा खेलाडी शोएब खानले १ सय २३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १० रनको अवजित शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।

१२ औं ओभरको पहिलो बलमा अकिब इलियासलाई प्रतिश जि.सीले एक रनमा बोल्ड आउट गरे ।मोहम्मद नदिम खुशी १८ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए ।

एसिसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन् । १० टोली सहभागी प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ । नेपालले अझै अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन ।