देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विदेशमा रहेका नेपालीहरु अब मताधिकारबाट वञ्चित हुनु पर्दैनः प्रधानमन्त्री

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सो भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट वञ्चित हुनुनपर्ने बताउनुभएको हो ।

उहाँले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै वैदेशिक रोजगारीको सुधारको लागि सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताउनुभयो ।

सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आबद्धता श्रमिकको सुरक्षा भएको बतानुभयो ।

यसैगरी प्रधानमन्त्री प्रचण्डले नेपालको अर्थतन्त्रको समस्या समाधानका लागि तीन महिनामै सकारात्मक सङ्केत देखिएको बताउनुभयो ।

पछिल्ला दिनमा राजस्व सङ्कलनमा उल्लेखित सुधार भएको जनाउँदै उनले आफ्नै पहलमा ब्याज घट्ने क्रम सुरु भएको बताउनुभयो ।

आफू छिट्टै छिमेकी देशमा भ्रमणमा निस्कन लागेको जनाउँदै उहाँले उक्त भ्रमणमा नेपाली जनताका केही मुद्दा पूरा गराउनेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।