एजेन्सी । भारतमा २४ घण्टामा कोभिड–१९ का १० हजार ७५३ नयाँ सङ्क्रमित थपिएका छन् । भने सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।
हालसम्म देशभर कोभिडका सक्रिय केसहरूको सङ्ख्या बढेर ५३ हजार ७२० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म देशभर कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५ लाख ३१ हजार ९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी दिल्लीमा मृत्यु भएको छ । दिल्लीमा ६ जनाको मृत्यु भएको छ भने महाराष्ट्रमा ४ जनाको मृत्यु भएको छ ।
त्यस्तै राजस्थानमा तीन र छत्तीसगढ, गुजरात, हरियाणा, हिमाचल प्रदेश, जम्मू कश्मीर, मध्य प्रदेश, उत्तराखण्ड र उत्तर प्रदेशमा एक–एक जनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार दैनिक सङ्क्रमण दर ६।७८ पुगेको छ ।
प्रतिक्रिया