काठमाडौं । चीनको हानचाउमा हुने १९ औं एशियाली खेलकुदको तयारी प्रशिक्षण यही वैशाख ११ गतेदेखि शुरु हुने भएको छ ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उक्त जानकारी गराउनुभएको हो । प्रशिक्षण शुरु हुनुअघि वैशाख ३ देखि ७ गतेसम्म खेलाडी छनोट प्रतियोगिता हुनेछ ।
पहिलो चरणको प्रशिक्षण वैशाख ११ देखि जेठ ३ गतेसम्म हुने भएको छ ।
त्यसमा ४२५ खेलाडी सहभागी हुनेछन् । २९५ खेलाडी सहभागी हुने दोस्रो चरणको प्रशिक्षण जेठ ६ देखि २५ गतेसम्म हुनेछ ।
अन्तिम चरणको प्रशिक्षण जेठ २६ देखि भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ । अन्तिम चरणमा खेलाडी संख्या १६८ कायम हुनेछ ।
यो अवधिमा छनोट गर्न असमर्थ हुने खेलको हकमा भने औचित्य पुष्टिसहित समय हेरफेर गर्न सकिने सदस्य–सचिव घिसिङले जानकारी दिनुभएको छ ।
सदस्य–सचिव घिसिङले हाल तयारी प्रशिक्षणका लागि २ करोड बजेट प्राप्त भएको बताउँदै थप रकम पनि दिने अर्थ मन्त्रालयले प्रतिबद्धता जनाएको जानकारी गराउनुभयो ।
प्रतिक्रिया