काठमाडौं । सफारी पर्यटनमा परिचित चितवनमा आजदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान पनि सुरु भएको छ ।
साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ भरतपुर महानगरपालिका वडा नं. २९ को चौकीडाँडाबाट सुरु गरिएको हो ।
चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण हुनेछ ।
चितवनमा पहिलोपटक प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरेको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीका बोर्ड डाइरेक्टर शालिक दवाडीले नयाँ वर्षको पहिलो दिनको अवसर पारेर उडान सुरु गरिएको जानकारी दिनुभएको छ ।
प्याराग्लाडिङ्ग उडानका लागि लाग्ने ८ हजार रुपैयाँमा २५ प्रतिशत छुट दिएर ६ हजार शल्क लिइएको बोर्ड डाइरेक्टर दवाडीले जानकारी दिनुभइको छ ।
१० वटा प्याराग्लाइडिङ्ग उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान सकिने गरी तयारी गरिएको दवाडीले जानकारी दिए ।
प्याराग्लाइडिङ उडान हुने ठाउँ चौकीडाँडामा कम्पनीले रिसोर्ट खोल्ने तयारी पनि अगाडि बढाएको छ । ३० वटा कोठासहितको सुविधा सम्पन्न रिसोर्ट बनाउने योजना कम्पनीको रहेको अध्यक्ष घलेले जानकारी दिए ।
चौकीडाँडामा रिसोर्ट र प्याराग्लाइडिङ्गका लागि ७० करोड खर्च लाग्ने अनुमान छ । प्याराग्लाइडिङ र रिसोर्टका लागि चौकीडाँडामा ५ विघा जग्गा कम्पनीले लिइसकेको छ ।
प्रतिक्रिया