देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावअघिको गठबन्धनले कांग्रेसलाई घाटा भयोः प्रथम राष्ट्रपति यादव

देशान्तर

काठमाडौं – नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले चुनावअघिको गठबन्धनले नेपाली काँग्रेसलाई घाटा भएको बताएका छन् । बिहीवार काठमाडौंमा ‘द आइरन म्यान’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रथम राष्ट्रपति यादवले चुनावपूर्वको गठबन्धनले नेपाली काँग्रेसलाई घाटा भएको बताए ।

उनले पार्टीहरुले आफ्नो आदर्श र सिद्धान्त जनतालाई भनेर जनताको मत लिनुपर्ने बताए। एकले अर्कालाई मत हाल्दा काँग्रेसका कार्यकर्ताहरु पछि पार्टीसँग जोडिएर जान नसक्नेमा उनले शंका व्यक्त गरे । उनले नेपाली कांग्रेसले देशको अगुवाइ गर्न नसक्दा आफूलाई दर्द हुने पनि बताए ।

प्रथम राष्ट्रपति यादवले नेपाली कांग्रेसका पछिल्लो पुस्ता अध्ययनशिल हुन नसकेको बताए । उनले नेपाली काँग्रेसका नेताहरु बिपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका त्याग र योगदानको बारेमा पछिल्लो पुस्ताका काँग्रेसीहरुलाई प्रशिक्षित गर्नु आवश्यक रहेको बताए ।