सार्वजनिक ठाउँमा फोहर फाल्ने बढेपछि काठमाण्डौ महानगरपालिकाले निगरानी बढाउन थालेको छ । सार्वजनिक ठाउँमा रातको समयमा फोहर फाल्ने बढेपछि महानगरले हरेक दिन रात्रिकालीन अनुगमन समेत सुरु गरेको छ । जथाभाबी फोहर फालेको भन्दै महानगरले कारवाहि तथा अनुगमन सुरु गरेको छ ।
पछिल्लो एक हप्तामा महानगरले सार्वजनिक ठाउँमा फोहर फाल्नेहरुलाई जरिबानास्वरूप १५ हजार रुपैयाँ समेत असुलेको छ । जरिबाना असुल गरी जथाभाबी फोहोर नफाल्ने सर्त राखेर पठाउने गरिएको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो । दुई हप्ताअघि पनि कामपाले तोकिएको ठाउँ भन्दा अन्यत्र फोहर फाल्नेबाट कारबाहीस्वरूप १२ हजार रुपैयाँ जरिबाना असुल गरेको थियो ।
फोहरलाई तोकिएको ठाउँमा मात्र व्यवस्थापन गर्नका लागि महानगरले हरेक दिन बिहान माइकिङ गर्ने गरेको छ । ’नागरिकले सडकमा यत्रतत्र फोहर फाल्न थालेपछि महानगरले नफाल्नका लागि आग्रह गरी अटेर गर्नेलाई पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म जरिबानासमेत तिराउने गरेको छ ।
प्रतिक्रिया