नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी हुनु भएको छ । वैद्य रामचन्द्र संघाइ प्यानलका र ढकाल उमेशलाल श्रेष्ठ प्यानलका हुनुहुन्छ । वैद्य ४३ मत पाउँदै विजयी हुनु भएको हो । वैद्यका अन्य प्रत्यासी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत प्राप्त गर्नु भएको छ ।
यसैविच वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल ६१ मतसहित विजयी हुनु भएको छ । ढकालका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले सात मत प्राप्त गर्नु भएको छ । तीन उपाध्यक्षमध्ये एशोसिएटतर्फको मतगणना जारी रहेको छ ।
वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने सुरु भएको छैन । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् । महासंघको ५७ औं बार्षिक सधारण सभाले नयाँ नेतृत्व चयनगर्ने छ । वरिष्ठ उपाध्यक्षनै स्वत अध्यक्ष वन्ने प्रावधान रहेको छ ।
प्रतिक्रिया