देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्यायाधीश भुवन गिरी पक्राउ

देशान्तर

काठमाडौं । काठमाडौं प्रहरी परिसरले न्याय परिषद्का न्यायाधीश भुवन गिरी गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले न्यायाधीश गिरीलाई कपिलवस्तु पठाउन आवश्यक प्रक्रिया थालिएको जानकारी दिनुभयो ।

यसअघि जिल्ला अदालत कपिलवस्तुले यही चैत २० गते न्यायाधीश गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

श्रीमती आरती गिरी रावलले न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जिल्ला प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् ।