काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेलाई वा पूर्व राजालाई दोष दिएर सरकार उम्कन खोजेको आरोप लगाउनुभएको छ ।
काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै उहाँले कसैलाई दोष नदिई परिणाममुखि काम गर्न सरकारलाई सुझाव दिनुभएको हो ।
संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेस सहितको सरकारले अब अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उहाँले दोहोर्याउनुभयो ।
उहाँले ५ वर्षपछि नेपाली काँग्रेसले जनताको माझमा जाँदा यो(यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताउनुभयो ।
महामन्त्री थापाले शिक्षकहरुको तलब, भत्ता बढाउन पनि सरकारसँग माग गर्नुभयो ।
महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिना भित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
शिक्षकहरुलाई खुशी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरुको आवश्यक्ता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाई गर्न नहुने उहाँको भनाई थियो ।
प्रतिक्रिया