देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वस्वीकार्य बनाउने तीन दलका शीर्ष नेताबीच सहमति

देशान्तर

काठमाडौं । आज बालुवाटारस्थित सभामुखको निवासमा बसेको प्रधानमन्त्री तथा सभामुखसहित प्रमुख ३ दलका बीचमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।

प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभएको छ । अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।

बैठकमा विधेयकमा राख्ने विषय र अघि बढाउने प्रक्रियामा फेरि छलफल हुनेछ । संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन पनि नेताहरु सहमत भएको उहाँले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागीहुनुभएको थियो ।

यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्यायधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी हुनुभएको थियो ।