काठमाडौं । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक प्रकरणमा माफी माग्नुभएको छ ।
उहाँले सो प्रकरणले प्रतिनिधि सभा सदस्यहरुको सम्मानमा चोट परेको भन्दै माफी माग्नुभयो ।
उहाँले छानबिनका लागि समिति बनेको र आवश्यक कारबाही गरिने भन्दै सो घटनाले पार्टीलाई विचलित नबनाउने बताउनुभयो ।
उहाँले सो प्रकरणले संसदको गरिमामा समेत मानमर्दन भएको भन्दै माफि माग्नुभयो ।
प्रमुख सचेतक परियारले राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नो प्रमुख अभियान ठान्ने पनि स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया