काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
आज पनि अमेरिकी डलरको कारोबार स्थिर रहेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।
हिजो पनि उक्त डलरको खरिदबिक्री सोहि मूल्यमा भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोमा ओरालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।
यो मूल्य अघिल्लो कारोबारको तुलनामा १८ पैसाले घटेको हो । हिजो युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ६५ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ३१ पैसा कायम गरिएको थियो ।
आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ २९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३ पैसा तोकिएको छ । यो मूल्य हिजोको तुलनामा एक रुपैयाँ ३३ पैसाले घटेको हो ।
प्रतिक्रिया