देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापति लामिछानेले भने, ‘सांसद श्रेष्ठको विवादास्पद अडियोबारे छानबिन गरेर कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनुहोला’

देशान्तर

बारा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने बताएका छन् । ।व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि बारा २ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचारको विषयमा आफूहरुको भनाइ र गराइ एउटै हुने बताए ।

लामिछानेले अडियो सार्वजनिक हुनेवित्तिकै आफूले पार्टी पंक्तिमा निर्देशन दिइसकेको र ७२ घण्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने , ‘सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला ।’

सभापति लामिछानेले छानबिन नसकिएसम्म सांसद श्रेष्ठलाई पार्टीको साधारण सदस्यको रुपमा पनि कुनै काम गर्न नदिने समेत बताए ।उनले अडिओमा सुनेको वरिपरिको मान्छेलाई पनि छानबिन गरेर कारबाही गर्ने बताए ।

सांसद श्रेष्ठले भ्रष्टाचारको डिल गरेको प्रमाणित भए भ्रष्टाचारीलाई कारबाही गर्न सभापतिको हैसियले आफै निवेदन लिएर अख्तियारमा जाने लामिछानेकाे भनाई थियाे।तर,सांसद श्रेष्ठले भने अडिओ इडिट गरेको बताउँदै आफूले छानबिनमा सघाउने पार्टीमा जानकारी गराएका छन्।