काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।
निरन्तरजसो वियरिष ट्रेण्डमै रहेको शेयर बजार आज २८ अंकले झरेर १८ सय ३८ मा आएर थामिएको छ ।
बिक्री चापले कारोबार भने अर्ब माथि रह्को छ ।
सबै समूह राताम्मे रहँदा जलविद्युत समूहमा सबैभन्दा उच्च २ प्रतिशतमाथिको गिरावट आयो ।
बीमा र वित्त समूह पनि झण्डै २ प्रतिशतले घट्दा बाँकी पनि सबैजसो समूह १ प्रतिशत बढीले घटेका छन् ।
आजको दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६८ कम्पनीको ३८ लाख ४३ हजार कित्ता शेयर १ अर्ब १६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन २ सय १ कम्पनीको मूल्य घट्दा जम्मा १५ को बढेको छ ।
घटेको बजारमा पनि कालिञ्चोक दर्शनको शेयरमा भने सकारात्मक सर्किट लाग्यो ।
प्रतिक्रिया