देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेशको नेतृत्व आलोपालो गर्ने कुरामा गठबन्धनबीच सैद्धान्तिक सहमति भएको छः बालकृष्ण खाण

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले प्रदेशको नेतृत्व गर्ने कुरामा गठबन्धनमा सैद्धान्तिक सहमति भएको बताउनुभएको छ ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा नेता खाणले यस्तो बताउनुभएको हो ।

उहाँले सबै प्रदेशमा नेतृत्व (मुख्यमन्त्री) आलोपालो गर्ने गठबन्धनमा सैद्धान्तिक सहमति भएको खुलासा गर्नुभएको छ ।

नेता खाणले कुन प्रदेशमा को नेतृत्व गर्ने कुराको टुंगो उपनिर्वाचनपछि लाग्ने बताउनुभएको हो ।

उपनिर्वाचनपछि सातवटै प्रदेश सरकार पुनर्गठन हुने र सत्ता गठबन्धन रहेका दलहरू सहभागी हुने उहाँको भनाई थियो ।

उहाँले गरेको दाबी अनुसार उपनिर्वाचनपछि मधेसको नेतृत्व कांग्रेसले पाउने निश्चित छ ।