काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी बाट सांसद बनेका सांसद ढाका कुमार श्रेष्ठलाई पार्टीले निलम्बन गर्ने भएको छ । सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले श्रेष्ठको अडियो सार्बजनिक भएपछि पार्टीले निलम्बन गरि उच्चस्तरिय छानबिन आयोग मार्फत थप छानबिन गर्ने गरि तयारी गरेको र आजै त्यसबारे निर्णय हुने जानकारी दिएका छन् ।
श्रेष्ठ र ब्यबसायी दुर्गा प्रसाई बीच भएको भनिएको अडियो रेकर्ड पुष दश बाह्र गतेतिरको भएको पनि बुर्लाकोटीले बताए । पार्टीको कसैसंग पदका लागि वा अन्य प्रयोजनका लागि त्यसरी पैसा लिने नीति नभएको उनले प्रष्ट पारे । श्रेष्ठ आफै पनि आबस्यक परे चार पाँच करोड खर्च गर्न सक्ने हैसियत भएको भन्दै बुर्लाकोटीले छानबीन पछि सत्य तथ्य बाहिर ल्याउने पनि देशान्तरलाई बताएका छन् ।
रास्वपाका श्रेष्ठ कास्की बाट प्रतिधित्व गर्ने सांसद हुन् । अडियोमा स्वास्थ्यमन्त्री बन्नका लागि दुर्गा प्रसाईले दुई करोडको ब्यबस्था गरिदिने र उनि मन्त्री बन्ने कुरा भएको सुन्न सकिन्छ । अडियोमा तोसिमा कार्की स्वास्थ्यमन्त्री बन्न नसक्ने त्यसका लागि पैसा जुटाउन नसक्ने भन्दै उन्लाई डा गोबिन्द केसीको मान्छेका रुपमा हेरिने गरेको बताएका छन । पार्टीमा महामन्त्रीको पनि खासै केहि नलाग्ने आशय ब्यक्त गरिएको छ ।
(अडियो सुनौ )
प्रतिक्रिया