काठमाडौं । ४० हजार रुपैयाँसम्म लिएर नक्कली परीक्षार्थीलाई एसईई दिन लगाउने सुनसरी र मोरङका कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई छन् ।
एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका २ सय जना नक्कली परीक्षार्थीहरूलाई सुनसरी र मोरङका आधा दर्जनभन्दा बढी प्राइभेट इनस्टिच्युटहरूले भाडामा परीक्षा दिन लगाएको पाइएको छ ।
यसरी नक्कली परीक्षार्थी खडा गरेर उत्तीर्ण गराउने जिम्मा लिने कन्सल्टेन्सी सुनसरीमा धेरै पाइएको छ ।
टेरेसा एकेडेमीका सञ्चालक विवेक आले मगर, प्यासिफिक कन्सल्टेन्सीका सञ्चालक ललिता आङ्बोहाङ, युनिक कन्सल्टेन्सीका छत्र तामाङ, लालीगुराँस कन्सेल्टेन्सीका सोनाम रिजाल रहेको बुझिएको छ ।
उर्लाबारीको एमएन कन्सल्टेन्सी, गुडविल कन्सल्टेन्सी मङ्गलबारे, पर्फेक्ट कन्सल्टेन्सी पथरी, एनएआरटी कलेज पथरी रहेका छन् ।
नक्कली परीक्षार्थीहरूमा धेरैजसो धरानस्थित कन्सल्टेन्सीका रहेका छन् । खुल्लातर्फका विद्यार्थीले कन्सल्टेन्सीलाई एकमुष्ठ रकम बुझाएपछि पास गर्ने जिम्मा लिने गर्दछन् ।
त्यसपछि कन्सल्टेन्सीले नक्कली परीक्षार्थी खडा गरेर परीक्षामा सामेल गराउने गरेका छन् ।
पक्राउ पर्नेमा अधिकांश परीक्षार्थी धरान र बेलबारीका छन्। धरानबाट अधिकांश कसल्टेन्सीले विद्यार्थी भर्ना गर्ने र रकम लिएर नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने गर्दै आएका थिए ।
प्रतिक्रिया