देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मौसम सफासँगै गर्मी बढ्दो

देशान्तर

आजपनि देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशको पहाडी भू–भागमा पनि वर्षाको सम्भावना रहेको छ । राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

यसैविच मौसम सफा हुन थालेसँगै तापक्रम बढ्न थालेको छ । तापक्रम बढ्दा देशभर गर्मी पनि बढेको छ । पछिल्लो समय लगातारजसो पानी पर्दा चैत महिनाको मध्यममा पनि चिसो भएको थियो । तर, केही दिनयता मौसम खुलेर घाम लाग्न थालेसँगै गर्मी हुन थालेको छ ।

शनिवार भैरहवाको अधिकतम तापक्रम ३६ दशमलव ९ डिग्री सेल्सियस पुगेको थियो । यस्तै, जनकपुरको ३६ दशमलव ८, सिमराको ३५ दशमलव ४, नेपालगञ्जको ३५ दशमलव २, दीपायलको ३३ दशमलव ८, धनगढीको ३३ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

काठमाण्डौको अधिकतम तापक्रम शनिवार २९ डिग्री सेल्सियस थियो । आज पनि यही हाराहारीमा पुग्ने अनुमान गरिएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।