काठमाडौं । नेपालीमा एउटा भनाइ छ ‘कुकुरलाई घिउ नपचेर … खान्छ’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेका लागि पनि त्यस्तै भएको कांग्रेसजनहरूले विश्लेषण गर्न थालेका छन् । कांग्रेसका लागि उनले केही दिनुको साटो कांग्रेसले नै उनलाई निरन्तर दिँदै आएको थियो जसले गर्दा उनमा भएको क्षमता बाहिर प्रस्फुष्टन गर्न अवसर पाएका थिए ।
तर, कांग्रेसले मंसिरमा सम्पन्न निर्वाचनमात्र होइन वैशाख १० गते हुने उपनिर्वाचनमा पनि उम्मेदवार नबनाउने भएपछि वाग्लेले कांग्रेस पार्टी नै छाडेर रवि लामिछानेलाई नेता मान्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरे र तनहुँ १ बाट उम्मेदवार बनेका छन् । पार्टी छाड्ने र उम्मेदवार बन्ने मात्र होइन बीपी कोइरालासँग लामिछानेलाई तुलना गर्दै वाग्लेले आफ्नो खास हैसियत प्रदर्शन गरेका छन् । त्यतिमात्र होइन आफूसँग चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेस नेता गोविन्द भट्टराईलाई राष्ट्रियसभामा लैजाने तयारी भएको भ्रमपूर्ण हल्ला चलाउनेदेखि काठमाडौंको बूढानीलकण्ठमा पढेका उनले ११ वर्षको उमेरमै कांग्रेसको राजनीतिमा लागेको भन्ने भ्रम छर्दैछन् ।
वाग्लेलाई कांग्रेसले राष्ट्रिय योजना आयोगको सदस्य हुँदै उपाध्यक्ष बनाएको थियो । त्यतिमात्र होइन विनोद चौधरी र वाग्लेलाई एकैसाथ महासमिति सदस्य मनोनीत गर्दै पार्टीको घोषणापत्र लेखनसहितका महत्वपूर्ण जिम्मेवारी दिएको थियो । सँगै महासमिति सदस्य मनोनीत चौधरी पार्टीमा निरन्तर सक्रिय भएर कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भए तर वाग्ले उपाध्यक्षबाट राजीनामा गरेपछि डलर कमाउन विदेश लागे । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि आर्थिक सल्लाहकार बन्न चाहेका उनलाई पौडेलले स्विकार गरेनन् । त्यसपछि तनहुँबाट चुनाव उठ्न इच्छा राख्दै सभापति देउवालाई भनिदिन आग्रह गर्न भ्याए ।
गोविन्द भट्टराई उम्मेदवार बनाउने कांग्रेसले निर्णयपछि पार्टीमात्र छाडेनन् सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध आरोप लगाएको विवरणहरू पनि सार्वजनिक भएका छन् । देउवा आफ्नो राजनीतिक बाटोमा कठोर तगारो बनेको भन्ने ठहरमा पुगेको बताए । जबकि उनै देउवाका कारण वाग्ले २०७४ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका उनले हतार गरेको र संघर्षको लामो इतिहास बोकेका कांग्रेसका नेता, कार्यकर्ताको धैर्यको अपमान गरेको भनी आलोचना गरे । वाग्लेको कांग्रेस परित्यागले गर्दा पार्टीभित्र उनलाई अवसर दिलाउन वकालत गरे । आफ्नो धरातल बिर्सेका वाग्ले केही थान युट्युवर बोकेर चुनाव प्रचारमा जुटेका छन् र कांग्रेसविरुद्ध विष बमन गर्न लागिपरेका छन् । माटोमै भिजेका र लामो समयदेखि संघर्षशील व्यक्तित्व निर्माण गरेका भट्टराई नै वाग्लेभन्दा उपयुक्त उम्मेदवार रहेको त्यहाँका मतदाताहरूले बताउने गरेका छन् ।
प्रतिक्रिया