काठमाडौं । पेरिस ओलम्पिक छनोट अन्तर्गतको खेलमा आज नेपाल र भियतनाम प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे खेल हुनेछ ।
नेपालसँगको पहिलो खेलमा ५–१ गोलको सहज जित निकालेको भियतनाम जितको लयलाई कायम राख्दै अर्को चरणमा पुग्न चाहन्छ ।
अर्कोतर्फ नेपाली टोली अघिल्लो हारको बदला लिन चाहन्छ । पहिलो खेलपछि नेपाली टोलीका प्रशिक्षक अनन्तराज थापाले शनिवारको खेलमा अघिल्लो खेलका कमजोरीहरुलाई सुधार गरेर कमब्याक गर्ने बताएका थिए ।
पहिलो पटक फिफा विश्वकपमा पुगेको टोली भियतनामसँग नेपालले ओलम्पिक छनोट एसिया अन्तर्गत समूह ‘सी’को खेलमा प्रतिस्पर्धा गर्न लागेको हो ।
समूह ‘सी’मा नेपाल र भियतनामबाहेक प्यालेस्टाइन र अफगानिस्तानले पनि प्रतिस्पर्धा गर्ने तालिका रहे पनि यी दुई टोलीले नाम फिर्ता लिँदा छनोट नेपाल र भियतनामले मात्र खेल्नेछन् ।
खेलको प्रत्यक्ष प्रसारण एनटीभी प्लसले गर्नेछ ।
प्रतिक्रिया