काठमाडौं । सरकारले वैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने तयारी गरेको छ ।
नयाँ वर्षदेखि ७ गतेसम्म सप्ताह मनाउन सरकारले तयारी गरेको हो ।
घटना दर्ता नछुटाउने उद्देश्यले प्रत्येक सरकारी कार्यालयका वेबसाइटमा समेत सप्ताहमा घटना दर्ता गर्न सूचना प्रसार गरिरहेको छ ।
यो अवधिमा व्यक्तिको कानूनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तिका लागि आआफ्नो वडामा पुग्न गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अनुरोध गरेको छ ।
जन्म मृत्यु, विवाह बसाइसराई र सम्बन्धविच्छेद लगायतका व्यक्तिगत घटना घटेको ३५ दिनभित्र वडा कार्यालयमा पुगी दर्ता गराउन विभागले अनुरोध गरेको छ ।
प्रतिक्रिया