आज सातौँ स्वास्थ्य बीमा दिवस देशभर मनाइँदैछ । ‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ देशभर दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । अहिलेसम्म स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका ७ सय ४८ वटा स्थानिय पालिकामा लागु भएको छ । स्वास्थ्य विमा कार्यक्रम काठमाण्डौ र ललितपुर महानगरपालिकामा लागु हुन बाँकी छ । त्यस्तै कीर्तिपुर, बूढानीलकण्ठ र नार्गाजुनमा पनि सेवा विस्तार हुन बाँकी रहेको छ ।
बाँकी ५ वटा नगरपालिकामा पनि यसै वर्षभित्र सेवा विस्तार गर्ने तयारी रहेको बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म झन्डै ६५ लाख नागरिक सहभागी भएका छन् । ती मध्ये झण्डै २८ लाख, ९३ हजारले बीमामार्फत् स्वास्थ्य सेवा लिएका छन् ।
प्रतिक्रिया