देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादीले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्ने

देशान्तर

नेकपा (माओवादी केन्द्र)ले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव सङ्कलन गर्ने भएको छ । सरकारको नेतृत्व आफ्ैले गरेको समयमा माओवादी केन्द्रले सुझाव संकलन गर्न लागेको हो । पार्टि अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले पार्टिका ३४ विभागका प्रमुखसँग नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव माग गर्नु भएको छ । नीति तथा कार्यक्रमबारे पाँच दिनभित्र सुझाव दिन पार्टीका केन्द्रीय विभागका प्रमुखलाई आग्रह गरिएको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

आगामी आर्थिक बर्षको बजेट दीर्घकालीन रूपमा महत्व राख्ने बजेट ल्याउन लागेकाले आआफ्नो विभागका तर्फबाट सुझाव दिन आग्रह गरिएको पौडेलले वताउनु भयो । माओवादि केन्द्रका ३४ विभागले विषय विज्ञलाई राखेर प्रधानमन्त्रीलाई लिखित रूपमा सुझाव दिने तयारी गरेका छन्।