काठमाडौं । नेपाली सेनाको सर्भरमा अनाधिकृत पहुँच पु¥याएको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङजाको वालिङ नगरपालिका–१० का २१ वर्षीय सागर ढकाल छन् । उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी हुन् ।
बाटुलेचौरमा डेरा बस्ने उनले घर धनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पु¥याएको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका ढकालले सेनाबाट के के विवरण लगेका थिए भन्ने खुलेको छैन । उनले के प्रयोजनका लागि सेनाको सर्भर ह्याक गरे भन्ने पनि खुलेको छैन ।
ढकालविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रतिक्रिया