काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णयबारे महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुख खोल्नु भएको छ ।
आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय राजनीतिक सौदाबाजी र दबावमा नगरेको बताउनुभयो ।
उहाँले लामिछानेको मुद्दा प्रक्रियागत रुपमा नै टुंगिएको दाबी गर्नुभयो ।
महान्यायाधिवक्ता पोखरेलले रविको राहदानी विवादमा प्रहरीलाई सम्पूर्ण अनुसन्धान सकेपछि मात्रै फाइल पेश गर्न भनिएको र त्यसै अनुसार प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया