काठमाडौं । अघिल्लो वर्षभन्दा मानव बेचबिखन तथा ओसारपसार वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा मात्र नेपालभर १४५ वटा मुद्दा दर्ता भएको तथ्यांकमा उल्लेख छ ।
प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षभन्दा वर्षको फागुनसम्म मानव बेचबिखन तथा ओसारपसार अपराध बढेको हो ।
गत आर्थिक वर्ष २०७८/०७९ मा मात्र नेपालभर १४५ वटा मुद्दा दर्ता भएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै पीडित संख्या हेर्ने हो भने महिला ११८ र पुरुष ११ गरि १२९ रहेको छ । अभियुक्त भने पुरुष १२५ र महिला ७२ जना गरी १९७ छन ।
अपराधमा संलग्न ८२ जना पुरुष र ४४ जना महिला गरि १२६ जना पक्राउ परेका छन । जसमा ४३ पुरुष र२८ महिला फरार रहेका छन ।
त्यसैगरी चालू आर्थिक बर्ष २९७९/०८० मा मुद्दा दर्ता ९१ पीडित पुरुष ११ र महिला ११८ गरी १२९ जना पीडित रहेका छन् ।
अभियुक्तमध्ये १२५ पुरुष र ७२ जना महिला गरी १९७ जना रहेका छ्न भने त्यस मध्य ४३ पुरुष र २८ महिला गरी ७१ जना फरार छन् ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार गत आर्थिक बर्ष भन्दा चालू आर्थिक बर्षमा मानव बेचबिखन तथा ओसारपसार अपराध बढेको छ ।
ब्यूरोका प्रमुख श्रेष्ठ अनुसार यसरी बेचबिखनमा परेका युवा युवतीलाई एक समूहले आकर्षक कामको प्रलोभन देखाएर बिदेश पु¥याएर बेचबिखन गरेर अलपत्र पार्ने गरेको बताउनुभयो ।
आपराधिक कृयाकलापबाट पीडित हुनेहरुमा अधिकांस किशोरकिशोरीदेखि ४० वर्ष उमेर समुहका रहेका छन् ।
प्रतिक्रिया