देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गृहले बच्चाको जीवनमा आमाको पहिचान र अस्तित्व नै इन्कार गर्‍योः सांसद भट्टराई

देशान्तर

काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले संवैधानिक र कानूनी व्यवस्थासमेत ख्याल नगरी गृह मन्त्रालयले मावलीको थर राख्ने गरी गरेको परिपत्र सच्याउन माग गर्नुभएको छ ।

गृहले वडाहरूलाई पठाएको परिपत्रमा संविधान र कानूनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई अस्वीकार गरेकोले यो परिपत्र सच्याउन उहाँले आज प्रतिनिधि सभा बैठकमा बोल्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

एकल महिलाबाट जन्मिएको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता गर्दा मावलीको थर राख्न गृहले गत चैत २२ गते देशैभरका सबै वडालाई परिपत्र गरेको थियो ।

गृहको परिपत्रमा आमा शब्दको ठाउँमा दुरासयपूर्वक मावली लेखिएको, बच्चाको जीवनमा आमाको पहिचान र अस्तित्व नै इन्कार गरिएको भन्दै चर्को विरोध भइरहेको छ ।