देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यस्तो छ विदेशी मुद्राको विनिमय दर

देशान्तर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

दर अनुसार आज बेलायती एक पाउण्डको खरिद दर १ सय ६२ रुपैयाँ ८७ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ६२ पैसा राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ५२ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ १८ पैसा रहेको छ । यता अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ७२ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ३२ पैसा पुगेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७७ पैसा रहेको छ ।

यो सँगै शुक्रबार भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ ।