नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुने भएको छ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुने भएको हो । पार्टी एकताबारे जानकारी दिन आज दुवै पार्टीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आउनु भएको छ । नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीको संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको छ । आगामी बैशाख १८ गते पार्टी एकता गर्ने दुवै पार्टीको तयारी रहेको छ ।
प्रतिक्रिया