संविधान दिवसको अवसरमा घोषित मानपदवी आगामी वैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गर्नुहुने भएको छ । शीतलनिवासमा हुने विभूषण समारोहमा सहभागी हुन प्रवेशपत्र आवश्यक रहेको भन्दै गृह मन्त्रालयले सूचना प्रकाशन गरी प्रवेश पत्र लिन आग्रह गरेको छ ।
आज एक सुचना प्रकाशित गरि गृह मन्त्रालयमा सम्पर्क गरेर प्रवेशपत्र लिन मन्त्रालयले आग्रह गरेको हो । चैत २४ गतेदेखि २९ गतेसम्म आफ्नो परिचय खुल्ने प्रमाणसहित गृह मन्त्रालय सिंहदरबारमा सम्पर्क गरी ‘सुशोभन समारोहको प्रवेशपत्र’ लिन मन्त्रालयले सुचना जारि गरेको छ ।
प्रतिक्रिया