काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले बारा र पर्सा जिल्लाको सिमानामा पर्ने सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुलाई कारबाही गर्न माग गर्नुभएको छ ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले सिर्सिया नदी किनारामा विभिन्न उद्योगहरु सञ्चालनमा रहेका र ति उद्योगबाट निस्किने रासायनिक पानी सिधैँ नदीमा मिसाउँदा नदी प्रदुषित भएको बताउनु भयो ।
उहाँले नदी प्रदुषित हुँदा मानिस र पशुचौपायालाई समेत छालासम्बन्धी विभिन्न रोगको संक्रमण भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले अविलम्ब नियम मिचेर काम गर्ने उद्योगीहरुलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद यादवले उद्योगीहरुले बदमाशि गरेको कुरा थाहा पाउँदा पाउँदै पनि सरकार मुकदर्शक भएको आरोप लगाउनु भयो ।
प्रतिक्रिया