देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको सय दिन उपलब्धीहीनः सांसद पन्त

देशान्तर

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धीहीन रहेको बताउनुभएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्द सांसद पन्तले यस्तो बताउनुभएको हो ।

सरकार गठन भएका सय दिन पुगेको अवसरमा गोरखापत्रमा २ पेज कामहरु सार्वजनिक गरेको तर त्यसमा कुनैपनि कुरा महत्वपूर्ण नपाएको बताउनुभएको हो ।

उहाँले सरकारका सय दिनका प्राथमिकतामा किसानहरुका समस्या, आर्थिक अवस्थाका समस्याहरु नपरेबताउद सय दिनसम्म मन्त्रीपरिषद्समेत गठन गर्न नसक्ने सरकारसँग जनताले कुनै आश राख्न नसक्ने बताउनभयो ।

उहाँले सरकार कार्यहीन, विचारहीन रहेको आरोप लगाउनुभयो । सांसद पन्तले दूर सञ्चार ऐन, २०५३ लाई संशोधन गर्न मस्यौदा तयार गरिएको बारे सरकारसँग प्रश्न गर्नुभयो ।

उहाँले एनसीएललाई सरकारको स्वामित्वमा नल्याउन मस्यौदा विधेयकबाट चलखेल गर्न लागिएको बताउनु भयो । उहाँले अर्बौं, अर्ब नाफा भइरहेको कम्पनीलाई सेटिङमा कानून फेरेर सरकारको स्वामित्वमा नल्याउने षड्यन्त्र रचिएको बताउनु भयो ।

सांसद पन्तले दूर सञ्चार ऐन, २०५३ (त्रिपन्न)लाई संशोधन गर्न तयार हुँदै गरेको मस्यौदामा सरकारको स्वामित्वमा कहिल्यै नआउने ढंगले प्रावधान राख्न लागिएकोप्रति आपत्ति जनाउनु भयो ।