काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न नसकिने टिप्पणी गर्नुभएको छ ।
सांसद शाहीले कार्यकर्ता भर्तीकेन्द्र मात्रै भएकाले प्रदेश सरकारको औचित्य नरहेको बताउनुभएको हो ।
उहाँले प्रदेशका नाममा पाँच वर्षमा करिब १६ खर्ब बजेट खर्च भएको बताउँदै त्यो पैसाले लाखौंलाई रोजगार बनाउने गरी रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो ।
सांसद शाहीले सरकाले विदेशबाट ऋण ल्याइरहेपनि हरेक दिन बेरोजगारीको संख्या बढिरहेको बतउनुभएको छ ।
हालका प्रधानमन्त्री र यसअघिका प्रधानमन्त्रीहरूलाई विदेशबाट ल्याएको ऋणको हिसाबकिताब देखाउनुपर्ने उहाँको भनाई थियो ।
प्रतिक्रिया