देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद बैठकमा आज कार्यव्यवस्था परामर्श समिति गठन हुने

देशान्तर

प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार बैठक अपरान्ह १ बजे बस्नेछ ।

बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरुलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ ।

कार्य व्यवस्थामा २१ जना सदस्य रहने छन् ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण बिद्येयक २०७८ र सुरक्षण मुद्रण सबन्धि बिद्येयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देससहितको बिद्येयक टेबुल हुनेछ ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको संघीय संसदको महासचिव भरतराज गौतमले जानकारी दिए ।