देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विनोद चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड डलर बढ्याे

देशान्तर

काठमाडौं – नेपालका अर्बपति बिनोद चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड अमेरिकी डलरले बढेको छ ।फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको अर्बपतिहरुको २०२३ को सूचीमा विनोद चौधरीको सम्पत्ति एक अर्ब ८० करोड अमेरिकी डलर छ । गतवर्ष उनीसँग एक अर्ब ५० करोड अमेरिकी डलरको सम्पत्ति थियो ।

आजको डलरको विनिमयदर अनुसार हेर्दा नेपाली रुपैयाँमा विनोद चौधरीसँग दुई खर्ब ३६ अर्ब रुपैयाँको सम्पत्ति रहेको छ ।चौधरी १० वर्ष अगाडि फोर्ब्सको अर्बपतिको सूचीमा परेका छन् ।

१० वर्षमा चौधरीको सम्पत्ति ८० करोड अमेरिकी डलरले बढेको छ ।  उनको सम्पत्ति हरेक वर्ष बढ्दो क्रममा छ ।चौधरीको नेपालमा नबिल बैंकसहित उद्योग, होटल तथा ट्रेडिङ र रियलस्टेटमा लगानी रहेको छ ।