देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सहमति कायम गरी अघि बढ्न सांसद दाहालको माग

देशान्तर

काठमाडौं । आज राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहालले संघीयता, गणतन्त्र पक्षधर शक्तिबीचमा राष्ट्रिय सहमति कायम गरेर अघि बढनुपर्नेमा जोड दिनुभएको छ ।

मुलुकमा देखा परेको आर्थिक जटिलता, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र जनताको अपेक्षा अनुसार विकास र समृद्धिको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय सहमतिको बाटोबाटै अघि बढनुपर्ने उहाँको भनाइ थियो ।

सांसद दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पुर्‍याउन ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले वर्तमान सरकारले पनि सोही कुरालाई आत्मासात गरेर अघि बढिरहेको दावी समेत गर्नु भयो ।