काठमाडौं । अर्थमन्त्री डा. प्रकाशसरण महतले नेपाल राष्ट्र बैंकको टोलीसँग छलफल गनुभएको छ ।
आज अर्थमन्त्रालयमै बोलाएर अर्थमन्त्री डा. महतले गभर्नर महाप्रसाद अधिकारी लगायतको टोलीसँग छलफल गर्नुभएको हो ।
छलफलमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको सम्बन्ध सुधारमा जोड दिनुभएको थियो ।
अर्थ मन्त्रालयको कमाण्ड जनार्दन शर्माले हाँकेको समयमा नेपाल राष्ट्र बैंकसँगको सम्बन्धमा दरार आएको छ । सोही दरार मेटाएर नयाँ सम्बन्ध सुरु गर्न डा. महतले पहल गर्नुभएको हो ।
मन्त्रालयमा करिब डेढ घण्टा भएको छलफलमा अर्थतन्त्रको वर्तमान अवस्था र बजारको स्थितिको बारेमा छलफल भएको थियो ।
यस्तै, बिग्रँदो अवस्थामा रहेको नेपालको अर्थतन्त्र सुधार्नका लागि आवश्यक पहल र सहकार्य गर्न आवश्यक रहेको महतले बताउनुभएको थियो ।
त्यस क्रममा गभर्नर अधिकारीले अर्थ मन्त्रायसँगको सहकार्यमा देशको आर्थिक स्थिति सुधार्न काम गर्न तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया