काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले सरकारले हनिमुन बिताइसके पनि मन्त्रीपरिषद् लाई पूर्णता दिन असफल भएको बताउनुभएको छ ।
सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँल यस्तो बताउनुभएको हो ।
उहाँले दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको बताउँदै भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको बताउनुभयो ।
भीम रावलको विवादबारे उहाँले ग्रासरुट अभियान र निर्वाचनमा असहयोग भएको बताउनुभएको छ ।
रावललाई मूल प्रवाहमा ल्याउनका लागि वार्ता टोली बनाइएको पनि बताउनुभएको छ ।
अब एमाले सरकार बनाउने र ढाल्ने पक्षमा नरहेको दाबी समेत गर्नुभयो ।
प्रतिक्रिया