देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल र चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बेइजिङमा बस्दै

देशान्तर

काठमाडौं । नेपाल र चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठक बेइजिङमा बस्ने भएको छ ।

शुक्रबार बस्ने बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल बेइजिङ जाने मन्त्रालयले जनाएको हो ।

बैठक यहि चैत २४ गते शुक्रबार बेइजिङमा बस्ने भएको हो ।

चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सुङ ओइटोङले गर्ने र नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव पौडेलले गर्ने मन्त्रालयले जनाएको छ ।