देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पेट्रोलको मूल्य घट्यो, तर खाना पकाउने ग्यासको भाउ भने यथावत्

देशान्तर

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल‚ डिजेललगायत इन्धनको भाउ घटाएको छ भने खाना पकाउने ग्यासको भाउ भने यथावत् राखेको छ ।

निगमले प्रतिलिटर डिजेल‚ मट्टितेल र हवाई इन्धनमा १० रूपैयाँ र पेट्रोलमा ३ रूपैयाँ भाउ घटाएको छ ।

भाउ घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रूपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रूपैयाँ कायम भएको छ ।

भारतीय आयल कर्पोरेशन (आइओसी) ले मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको केही दिनपछि निगमले इन्धनको भाउ घटाउने निर्णय गरेको हो ।

निगम सञ्चालक समितिको हिजो बसेको बैठकले डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ प्रतिलिटर १० रूपैयाँ र पेट्रोलको भाउ प्रतिलिटर ३ रूपैयाँले घटाउने निर्णय गरेको हो ।