देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुटवल–तानसेन सडक आजदेखि दैनिक ९ घण्टा बन्द हुने

देशान्तर

काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक आजदेखि दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ ।

आजदेखि हरेक दिन बिहान ११ देखि दिउँसो २ बजे तथा राति १० देखि बिहान ४ बजेसम्म सडक अवरुद्ध हुने आयोजनाले जनाएको छ ।

सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम अघि बढेकाले दैनिक ९ घण्टा सडक बन्द हुने भएको हो ।

निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकैको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेको र माथि पहराबाट खुकुला ढुंगाहरु खस्ने हुँदा सडक सञ्चालनमा जोखिम हुने भएकाले सडक बन्द गर्नु परेको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको आयोजनाले जनाएको छ । सडकमा एम्बुलेन्सलगायत अत्यावश्यकीय सवारी साधन सञ्चालनमा भने अवरोध नहुने जनाइएको छ ।

सुरुङ मार्गको पूर्व तयारीका लागि यसअघि फागुन १३ देखि २७ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द गरिएको थियो ।

सिद्धबाबादेखि पाल्पातर्फ १ हजार १२६ मिटर लामो दुरीको सुरुङ मार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।