देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्वीटरको लोगो परिवर्तन, चराको सट्टा जापानी कुकुर ट्वीटरको चिनारी

देशान्तर

एनेन्सी । ट्वीटरको माइक्रो–ब्लगिङ साइटमा ठूलो परिवर्तन गर्दै कम्पनीका मालिक एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् ।

मस्कले नीलो रङको चराको सट्टा जापानी कुकुर शिवा इनुलाई ट्वीटरको लोगो बनाएका हुन् ।

गत अक्टोबरमा ट्वीटरको स्वामित्व लिएपछि एकपछि अर्को चर्चाका निर्णय गर्दै आएका मस्कले सोमबारराति ट्वीटरको लोगो फेर्दै अर्को चर्चा सिर्जना गरेका छन । डेस्कटप र ल्याटप प्रयोगकर्ताहरुले लोगो परिवर्त भएको देखे पनि मोबाइल एपमा भने तत्काल परिवर्तन हुने छैन ।

यस अघि ट्वीटरमा निलो टिकका लागि शुल्क लिने निर्णय गरेका थिए । मस्कले कम्पनीका सीईओ पराग अग्रवालसहित ठूलो संख्यामा कर्मचारी कटौती पनि गरेका थिए ।

ट्वीटरको नयाँ लोगो बनाइएको शिवाइनु कुकुर डोजक्वाइन नामक क्रिप्टो करेन्सीको समेत लागो रहेकाले ट्वीटर प्रयोगकर्ताहरुबीच यसले बढी चर्चा पाएको छ ।

सफ्टवेयर इन्जिनियरद्वय बिली मार्कस र ज्याक्सन पाल्मरले सन् २०१३ मा बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सीहरूको मजाक उडान कुकुरको लोगो राख्दै डोजक्वाइन सुरु गरेका थिए ।