देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से आज पनि ओरालो

देशान्तर

काठमाडौं । नेप्से परिसुचकमा आज फेरि गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक १६ दशमलव ९१ अंकले घटेर १८७१ दशमलव ६३ विन्दुमा झरेको हो ।

योसँगै आज कारोबार रकमले एक अर्ब पनि पुगेन । पछिल्लो समय लगातार गिरावट आइरहेको बजारमा आज र २८ लाख कित्ता मात्र सेयर बिक्री भएको नेप्सेले जनाएको छ ।

२६० कम्पनीको कारोबारमा ९१ करोड ५१ लाख रुपैयाँको मात्र कारोबार भएको हो । बजारमा ३१ कम्पनीका लगानीकर्ताले कमाए पनि १७८ कम्पनीका सेयरधनीले गुमाएका छन् ।

त्यस्तै, सातवटाको सेयर मूल्य स्थिर छ । आज पनि कालिञ्चोक दर्शनका सेयरधनीले १० प्रतिशत कमाएका छन् । यसबाहेक अन्य लगानीकर्ताले ३.१६ प्रतिशत मात्र कमाएका छन् ।

यता, प्रभु बैंक डिबेन्चर २०८७ का लगानीकर्ताले १० प्रतिशत गुमाउँदा बाँकी लगानीकर्ताले ५ दशमलव ३ प्रतिशतसम्म गुमाएका छन् । सोमबार सर्वाधिक सेयर कारोबार भएको नबिल बैंकको ५८९ रुपैयाँ अन्तिम मूल्यमा ३ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यसपछि एनआईसी एसिया बैंकको पनि २ करोड ९२ लाखको सेयर कारोबार भएको छ । तेस्रो धेरै कारोबारमा ग्लोबल आईएमई बैंकको साढे २ करोडको कारोबार भएको छ ।