देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसीसी प्रिमियर लिगको लागि मूलपानी क्रिकेट मैदान तयार हुँदै

देशान्तर

काठमाडौं । एसीसी प्रिमियर कपका लागि मूलपानी क्रिकेट मैदान तयार हुँदै छ ।

एशिया कपको छनोटका रूपमा रहेको एसीसी प्रिमियर कप आगामी वैशाख ५ बाट शुरू हुँदै छ ।

१० वटा टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका २४ खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा वैशाख ५ गते नेपाल र मलेशिया त्रिवि क्रिकेट मैदानमा भिड्नेछन् ।

मूलपानीमा भने अर्को दिन वैशाख ६ गते ओमन र कतारले प्रतिस्पर्धा गर्नेछन्। मूलपानी क्रिकेट मैदानमा हुने यो पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ

मूलपानीमा प्रतियोगिताका १० वटा खेल हुनेछन ्। जसमा नेपाल र साउदी अरबबीचको खेल मूलपानीमा सञ्चालन हुनेछ ।

त्यसका लागि नेपाल क्रिकेट संघ (क्यान)को टोलीले मूलपानी क्रिकेट मैदान तयार गरिरहेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार पार्ने काम अन्तिम चरणमा पुगेको क्यानले जनाएको छ ।

प्रतियोगितामा नेपालले समूह ‘ए’ मा रहेका साउदी अरब, ओमन, कतार र मलेशियासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, समूह ‘बी’ मा यूएई, कुबेत, हङकङ, सिंगापुर र बहराइन छन् ।